Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

४० लाखको लागतमा बीरगन्जको नारायणी अस्पतालमा ‘पीएनसी’ वार्ड निर्माणको सम्झौता

spot_img

बीरगन्ज,१७ मंसिर । बीरगन्ज महानगरपालिकाको नारायणी अस्पतालमा पोष्ट नेटल केयर (पीएनसी) वार्ड निर्माण गर्ने सम्झौता भएको छ ।

नारायणी अस्पताल, बीरगन्ज महानगरपालिका र के.एन.पी जापानबीच त्रिपक्षीय हस्ताक्षरसहित पीएनसी वार्ड निर्माण गर्ने आज सम्झौता भएको हो । जापान सरकारको सहयोगमा पीएनसी वार्ड निर्माण गर्न लागिएको नारायणी अस्पताल विकास समितिले जनाएको छ ।

करिब ४० लाखको लागतमा बनाउन लागिएको वार्डको निर्माणको सबै कार्यको जिम्मा हुने वार्डको के.एन.पी जापानले गर्ने भएको अस्पताल विकास समितिले बताएको छ ।

अस्पतालमा भएको त्रिपक्षीय सम्झौतापछि भोलीदेखि नै निर्माण कार्यको सुरुवात गरिने तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once