Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

पर्साको तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

spot_img

बीरगन्ज,१६ मंसिर । बीरगन्ज महानगरपालिकाकाे वडा नं. १७ अलाै‌स्थित तिलावे पुल नजिक आज विहान सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुईवटा माेटरसाइकल एकआपसमा ठाेकिँदा बसले किचिएर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ बर्षिय अभय झाकाे मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले बताए ।

ठाेरी पिकनिककाे लागि गइरहेकाे सालिमार ना ८ ख ४८६१ नम्बरकाे बसले किचिएर माेटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएकाे इन्सपेक्टर थिङले बताए । उनका अनुसार बीरगन्जबाट पाेखरिया तर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेकिदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे हाे ।

अर्काे माेटरसाइकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी २९ बर्षिय अखिलेश कुमार मण्डल घाईते भएका छन् । घाइतेकाे उपचार बीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेकाे छ भने मृतककाे शव पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल मै राखिएकाे छ ।

ठक्कर दिने बस र बस चालक सिन्धुलली कमलामाई नगरपालिकाकाे वडा नं. ४ का ५५ वर्षिय बिस्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once