Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

spot_img

जनकपुर,१६ मंसिर । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् ।
न्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once