Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

बैंकले बढी ब्याज लिएको भए उजुरी लिएर आउन गर्भनर अधिकारीको आह्वान

spot_img

काठमाडौं,१५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले बढी ब्याज अलिएको भएर उजुरी लिएर आउन आह्वान गरेका छन्।

बैंकहरुले बढी ब्याज लिएको हल्ला चलाइएको भन्दै यदि त्यस्तो समस्यामा कोही परेको भए राष्ट्र बैंकमा उजुरी गर्न उनले आग्रह गरेका हुन्।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने, ‘ऋण तिर्ने योजना बनाउन नसक्दा केही व्यवसायी समस्यामा परेका छन्। यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो। यदि बैंकहरुले बढी व्याज लिएको भए स्टेटमेण्ट लिएर आउनुहोला।’

गर्भनर अधिकारीले देखिएको आर्थिक शिथिलता र कसिलो प्रावधानको कारण बैंकहरूको खराब कर्जा बढे पनि यसलाई ठूलो समस्याका रुपमा लिन नहुने उल्लेख गरे। उनले घरजग्गाको कारोबार सुधार भइरहेको, पर्यटन आगमन कोभिड पूर्वको अवस्थामा रहेकाले आत्तिनु नपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once