Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

सिराहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

spot_img

जनकपुर,१५ मंसिर । सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले गएराति करिब ९ बजेको समयमा ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले बताए ।

शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलीले नियन्त्रणमा लिएको थियो ।
दुबैजनामाथि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई इलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once