Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता

spot_img

काठमाडौं,१५ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवत आइतबार यसबारे निर्णय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once