बारा,१३ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले आज प्रतिबन्धित लागुऔषध गाँजा खेतीको फडानी गरेको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले सिम्रौनगढमा लगाइएको गाँजा खेतीको फडानी गरेको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर २ र ७ को खजानीमा लगाइएको गाँजा खेती नष्ट गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए।
पहिलो चरणमा विभिन्न २० ठाउँको लगाइएका १२ कठ्ठामा गाँजा खेती नष्ट गरिएको बारा प्रहरी कार्यालयले जनाएको छ ।





