Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

टिकटक बन्द नगराएका इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

spot_img

काठमाडौँ,१३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबारभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

प्राधिकरणबाट इजाजत लिएका १३० वटा कम्पनीमध्ये ५५ वटा सेवा प्रदायकहरुले अहिलेसम्म आफ्नो सेवा बन्द भएको वा नभएको भन्ने जानकारी नदिएकाले बुधबारभित्र यसबारे जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको हो।

सरकारले कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट टिकटकसरकारको निर्णयसँगै प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई टिकटक बन्द भए/नभएको जानकारी गराउन भनेको थियो।
टिकटक बन्द नगराएका र सम्पर्कमा नआएका कम्पनीलाई ५ लाख रुपैयाँसम्म जरिवानासाथै लाइसेन्ससम्म रद्द गर्ने गरी प्राधिकरणले कारबाही गर्नसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once