Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

विद्युत बक्यौता नबुझाएको भन्दै काटियो लुम्बिनीको स्वास्थ्य मन्त्रालयको लाइन

spot_img

काठमाडौं,१२ मंसिर । विद्युत महसुल बापतको करिब पौने तीन लाख रुपैयाँ बक्यौता नबुझाएको भन्दै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ।

एक वर्ष अगाडि बुटवलमा मन्त्रालय रहेको बेला विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण लमही शाखाले दाङको राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत लाइन काटिदिएको हो।
मन्त्रालयका सूचना अधिकारी अमरबहादुर वलीले बुटवलमा सामाजिक विकास मन्त्रालय मातहत रहेको बेला स्वास्थ्य मन्त्रालयको नाममा जडान गरिएको विद्युत मिटरको महसुल नबुझाएको भन्दै मंसिर ६ गते लाइन काटिदिएको जानकारी दिए।

‘बुटवलमा सामाजिक विकास मन्त्रालय रहेको बेला विद्युत महसुल बुझाउन बाँकी रहेछ, मन्त्रालय दाङमा सरेपछि बुटवलबाट लेखा शाखामा पत्र पनि आएको रहेछ मंसिर ६ गते भने लमहीबाट प्राधिकरणका प्राविधिक आएर लाइन काटिदिनुभयो,’ वलीले भने।

वलीका अनुसार मन्त्रालयले विद्युत प्राधिकरण बुटवल शाखालाई दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ।

लाइन काटिएपछि बक्यौता रकम बुझाएर लाइन जोड्ने तयारी भइरहेको वलीले बताए।

‘बुझाउन बाँकी रहेको पुरानो महसुल बुझाएर लाइन जोड्ने तयारीमा छौं, मन्त्रालयका सचिवज्यू पनि काठमाडौं हुनुहुन्थ्यो, मन्त्रालय आइपुग्नुभएको छ। आज नै बक्यौता बुझाएर आज नै लाइन जोडिन्छ होला,’ उनले भने।

नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्राधिकरण बुटवल शाखाबाट मन्त्रालयले बक्यौता नबुझाएकोले लाइन काट्न पत्र पठाएपछि लाइन काटिएको बताएको छ।

विद्युत बक्यौता बुझाउन मन्त्रालयलाई पटकपटक पत्र पठाए पनि अटेर गरेपछि बाध्य भएर लाइन काट्नुपरेको प्राधिकरण बुटवल शाखाले जनाएको छ।

प्राधिकरण बुटवल शाखाका इञ्जिनियर विनोद शर्माले मन्त्रालय बुटवलमै रहेको बखतको विद्युत महसुल मन्त्रालय दाङ गएको झण्डै एक वर्षसम्म पनि नबुझाएपछि बाध्य भएर लाइन काट्नु परेको बताए। मन्त्रालयमा विद्युत लाइन काटिएपछि स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ।

विद्युत लाइन काटिएको एक सातासम्म पनि बक्यौता नबुझाउँदा मन्त्रालय विद्युतविहीन भएको छ। विद्युत काटिएपछि मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावित बनेको सूचना अधिकारी वलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once