आज सिफलमा दुर्गा प्रसाईंको विरोध प्रदर्शन

spot_img

काठमाडौं,९ मंसिर । दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन जारी राखेको छ।

आज काठमाडौंको सिफलमा राजसंस्था पुनस्र्थापना, बैंक तथा वित्तिय संस्थाहरुको ऋण मिनाहालगायतका माग राखेर शक्ति प्रदर्शन गरेको छ।
यही बिहीबारदेखि व्यवस्था विरोधी चरणबद्ध आन्दोलनको घोषणा गरेको प्रसाईंको अभियानले शुक्रबार तीनकुनेमा प्रदर्शनको आयोजना गरेको थियो । तर उक्त स्थलमा प्रदर्शनमा प्रशासनले रोक लगाएर धरपकड गर्दै प्रसाईंलाई भक्तपुरमा प्रहरीले नजरबन्दमा राखेको थियो।

आज भने प्रसाईंकै उपस्थितिमा सिफलमा नागरिक बचाउ अभियानले विरोध कार्यक्रम गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once