Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

७ वर्षीय बालिकाको बलात्कार गरेको आरोपमा स्कूलका सञ्चालक पक्राउ

spot_img

विरगंज,९ मंसिर ।  सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ । आरोपित गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमी विद्यालयका सञ्चालक तथा शिक्षक साहविरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार यादवले जानकारी दिए ।

पीडितलाई मङ्सिर ७ गते ४० रुपैयाँ दिएर ललाइफकाइ गरी टिफिनको समयमा आरोपितले बलात्कार गरेको पीडितको भनाइ रहेको छ ।

त्यस्तै, विद्यालयबाट घर फर्के पछि पीडितको अवस्था सामान्य नरहेको कारण प्रहरीले पीडित पक्षबाट घटनाबारे सूचना पाए लगतै आरोपित साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले बताए ।

साथै महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको थियो ।

यसै गरी, २६ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दीपेन्द्रकुमार चौधरी गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डिराज न्यौपानेले बताए । घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ७ गते उजुरी दिएका थिइन ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once