Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

spot_img

काठमाडौं,८ मंसिर । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयऊले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो सोही वडाकी निर्मला खत्री छन् ।

खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once