Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

महोत्तरीबाट श्रोत नखुलेको ८ लाख रकमसहित दुईजना पक्राउ

spot_img

जनकपुरधाम,८ मंसिर । महोत्तरीबाट श्रोत नखुलेको आठ लाख भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् ।

दबुैजनलाई बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो । दुबैजनाको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकमसहित दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once