Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

सिरहामा बिना हेलमेट तिव्रगतिमा चलाएको दुई मोटरसाइकल ठोक्किँदा तीन युवकको मृत्यु

spot_img

जनकपुरधाम, मंसिर ७ गते । सिराहाको सन्हैठामा दुईवटा मोटरसाइकल आपसमा जुध्दा तीन युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

बुधबार साँझ सवा ७ बजे सिराहा नगरपालिका– १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीनैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार स्थानीय १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन् ।उनलाई थप उपचार गर्न विराटनगर रेफर गरिएको छ ।

दुबै मोटरसाइकल चालक हेलमेट नलगाएका थिएनन् । बिना हेलमेट तिव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर ठूलो मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once