Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

भाइटिकाको दिन उपत्यकामा प्रहरीको नि:शुल्क बस सेवा

spot_img

काठमाडौँकाठमाडौं,२४ कार्तिक ।तिहारको भाइटिकाको दिनमा प्रहरीले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दुईवटा सिफ्टमा चारवटा बस टिकाको दिनमा सञ्चालन गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

बिहान साढे ८ बजेबाट पहिलो सिफट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ । बा.१ ग २५९१ र बा.१ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् ।

मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once