Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

मधेश प्रदेशसभाकाे समानुपातिक सदस्यमा जसपाकी यादव निर्वाचित

spot_img

जनकपुरधाम,२४ कार्तिक । मधेश प्रदेशसभामा रिक्त रहेको जनता समाजवादी पािर्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य रहेकी विन्दुकुमारी यादवको निधन भएपछि उक्त पद रिक्त थियो । समानुपातिक सांसद विन्दुकुमारीको गत भदौमा निधन भएको थियो ।

प्रदेशसभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ४० को उपदफा (२) र प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम जसपाबाट मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले राजपत्रमा सूचना जारी गर्दै जानकारी गराएका छन् ।

कात्तिक १३ गते जसपाको केन्द्रीय कार्यकारिणी बैठकले प्रदेशसभा सदस्यका लागि यादवको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य निर्वाचित ४० वर्षकी यादव सिरहाको नरहा गाउँपालिका- २ की स्थायी बासिन्दा हुन् । उनी जसपाका संस्थापक सिरहा जिल्ला अध्यक्ष किशोरी यादवकी छोरी रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once