Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

पाँच राउण्ड गोली र लागुऔषधसहित २ जना किशोर पक्राउ

spot_img

सप्तरी,२२ कार्तिक । । प्रहरीले सप्तरीको खड्क नगरपालिका–११ स्थित बनौलीबाट ५ राउण्ड गोली र लागुऔषध सहित दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खड्क नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर छन् ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितको साथबाट थ्रिनटथ्रि राइफलको ५ राउण्ड गोली बरामद गरेको छ । किशोरको साथबाट गाँजा २० ग्राम र लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको छ । मंगलबार साँझ पक्राउ गरेर उनीहरुबारे ईप्रका कल्याणपुरले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once