Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

प्रहरी समायोजन गर्न संघ सरकारलाई मधेश सरकारको ३० दिने अल्टिमेटम

spot_img

जनकपुरधाम, कार्तिक २२ गते । मधेस प्रदेश सरकारले संघ सरकारलाई प्रहरी समायोजन गर्न ३० दिने अल्टिमेटम दिएको छ ।

प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

बुधबार जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले भोली आफुहरु प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिन भित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री यादवको नेतृत्वमा विभिन्न दलहरुको टोली ज्ञापनपत्र बुझाउन भोली काठमाडौं जँदैछन् ।

मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष भइसकेको र प्रदेश सरकार गठन भएको समेत ६ वर्ष भइसक्दा पनि प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रहरी समायोजन नभएको बताए ।

मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई यसबारे पटकपटक ध्यानाकर्षण गराएपनि सम्बोधन नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once