Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो

spot_img

बीरगन्ज,१८ कार्तिक – पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको गएको भुचालोमा परी घाइते भएकाहरुको उदार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । भुइँचालोले रूकुम र जाजरकोटमा शुक्रबार बिहानसम्म १२८ जनाको ज्यान गएको पुष्टि भएको छ। डेढ सयभन्दा बढी घाइते भएका छन्। उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ। यो २०७२ को भुइँचालोयता भएको सबभन्दा ठूलो मानवीय र भौतिक क्षति हो।
याँदिल्लीसम्म महसुस गरिएको थियो। आधा रातमा गएको भुइँचालोले पश्चिम नेपालका धेरै ठाउँमा मान्छेहरू घरबाट निस्केर बाहिर जम्मा भएका थिए।

केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई दस्तक दिइरहेको छ।

यो स्टोरीमा हामी पश्चिम नेपालका विभिन्न जिल्लामा गइरहेका भुइँचालाले त्यहाँको भूकम्पीय जोखिमबारे के संकेत गर्दैछ, त्यसबारे कुरा गर्नेछौं।

नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा छ भन्ने हामी सबैलाई थाहा छ। हाम्रो भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ। त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ। ठूलो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ। त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once