Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

काभ्रेको रोशीमा कार दुर्घटना, ४ जना घाइते

spot_img

काभ्रे,१७ कार्तिक । बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका वडा नं ८, चारसयवेशीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

काभ्रेको रोशीमा कार दुर्घटना, ४ जना घाइते

शुक्रबार अपरान्ह करिब १२ः१५ बजेको समयमा महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर०६डीई४३११ को कार अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार, दुर्घटनामा परी महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नं ५ का २३ वर्षिय धिरेन्द्र चौधरी, २० वर्षीय खुश्बु चौधरी, १९ वर्षीय प्रमिका चौधरी र १९ वर्षीय अञ्जली चौधरी घाइते भएका छन् । घाइतेहरुको जिल्ला स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको अवस्थामा मध्यम रहेको अस्पतालले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once