Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

केही दिनमै मुख्य राजनीतिक दल एकै ठाउँमा उभिएर राजनीतिक अपिल गर्दैछौं : प्रधानमन्त्री दाहाल

spot_img

काठमडौं,१६कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि भएको बताए ।

केही दिनमै मुख्य राजनीतिक दल एकै ठाउँमा उभिएर राजनीतिक अपिल गर्दैछौं : प्रधानमन्त्री दाहाल

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर भएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्यदलहरू एकै स्थानमा उभिएर १/२ दिनभित्रै हामीले अपिल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ ।’ उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षात्मक समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए ।

आर्थिक क्षेत्रको सुधारका लागि पनि सरकार निरन्तर प्रयासमा लागेको उनले बताए । ‘सरकारकै प्रयासले बैंकको ब्याजदर केही घटेको छ, त्यसलाई एक अंकमा झार्ने प्रयासमा सरकार छ,’ उनले भने, ‘थप राजनीतिक र आर्थिक कमिटमेन्ट पनि हामीले दलहरूको तर्फबाट सामूहिक रुपमा गर्दैछौं, त्यसपछि पनि आर्थिक क्षेत्र थप सुधार हुनेछ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका भारत, संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन भ्रमणका परिणामहरू पनि आउने क्रममा रहेको बताए । ‘कतिपय परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘त्यस्ता परिणामहरू अब आउने क्रममा रहेका छन् ।’

प्रधानमन्त्री दाहालले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास पनि गरेका छन् । भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ ।

दाहाल बोल्नुअघि बोल्दै आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगोरु सुगानामीले आफ्नो वैवाहिक जीवनको आगामी वर्ष ५० औं वार्षिकोत्सव पुग्न लागेको र श्रीमान् श्रीमती मिलेर ५० वर्ष अवधिमा जम्मा गरेको रकम प्रधानमन्त्रीले आफ्नी श्रीमतीलाई व्यक्तिगत पत्र लेखेर आग्रह गरेको अवस्थामा उक्त रकम आम्दा नेपालको भवन निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री दाहालले आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीकी श्रीमतीलाई पत्र लेखेर आग्रह गर्ने प्रतिबद्धता पनि जनाएका थिए । त्यस्तै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणका लागि पनि सरकारले आवश्यक पर्ने र हुन सक्ने सबै सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री दाहाल अस्पतालको कार्यक्रम सकेर माओवादी केन्द्रले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । बुधबारदेखि सुरु भएर बिहीबार समापन हुने प्रशिक्षण कार्यक्रम प्रधानमन्त्री दाहालले निर्देशन दिएर समापन गरिने प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once