बीरगन्ज,१५कार्तिक बीरगन्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पस परिसरमा घाइते अवस्थामा फेला परेका छन् । घाइते अवस्थामा भेटिएको छात्र भवनबाट हाम फालेर आत्महत्याको प्रयास गरेको हुन सक्ने क्याम्पस स्रोतले जनाएको छ ।
बिपिसी कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षिय युवक राजीव महतोले बुधबारबिहान ६ : ३० मिनेटमा क्याम्पस भवनकै तेश्रो तल्लाबाट हाम फालेरका थिए । बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ नकटुवा घर भएका महतोको अहिले बीरगन्जस्थित मेडिसिटी बयोधा बीरगन्जमा अस्पतलामा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले जानकारी दिए । उनको खुट्टा भाँच्चिननुका साथै टाउँको,घाटी र हातमापनि गम्भिर चोट लागेको उनले बताए ।
बिपिसी क्याम्पसका क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार, क्याम्पस छेवमै घर रहेको एक महिलाले बिहान ६.३० बजेतिर क्याम्पस भवनको पछाडिको खाली जग्गामा महतो लडेको देखेपछि होहल्ला गर्दै क्याम्पसका शिक्षक र विधार्थीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विधार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा उपुरयाएका थिए । प्रभु अस्पतालले रिफर गरेपछि उनको अहिले बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको क्याम्पस प्रमुख तुलाधर बताए । महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
क्याम्पसका अनुसार महतो राम्रो आचरणको बिधार्थी रहेको एवं पढनमा पनि जेहन्दार रहेका छन् । क्याम्पसको छतमा जाने बाटो बिहान बन्द हुने भएको हुदा महतो आफ्नै कक्षा कोठाको बालकोनीबाट हाम फालेको अथवा लडेको हुन सक्ने बिधार्थीहरुको बनाईछ । १२ कक्षामा पढने महतो ६ बजेर २८ मिनेटमा कक्षा कोठाबाट बाहिर निश्किएको सिसि टिभिको फोटेजमा देखिएको छ । घटनाको यथार्थ बिवरण खुली नसकेको एवं थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





