Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
20.1 C
Kathmandu

जनयुद्ध दिवसको बिदा खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका २७ जना बानेश्वरबाट पक्राउ

spot_img

काठमाडौं,१२ कार्तिक । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

संसद भवन ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नाराअंकित प्लेकार्ड बोकेका थिए ।

सो क्रममा २७ जना प्रदर्शनकारी पक्राउ परेको समाजले जनाएको छ । पक्राउ पर्नेमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउतलगायत छन् । उनीहरुलाई बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once