Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
20.1 C
Kathmandu

दसैँ सकिएलगत्तै भारतीले सुरू गरिन् अनसन

spot_img

काठमाडौँ,१२ कार्तिक । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरू गरेकी छन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरू गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् । भारतीले आज (आईतवार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन सुरू गरेकी हुन् ।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once