Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालक मृत्यु

spot_img

मकवानपुर, कार्तिक ९ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका रातोमाटेमा सवारी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

असोज ९ गते बिहान हेटौडा १५ रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा चुरियामाई मन्दिर तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.१क ६०५५ नम्बरको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

क्रेन दुर्घटनामा सहचालक बिपिन महतोको मृत्यु भएको छ भने चालक दशरथ पासवान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार दुर्घटनामा चालक पर्सा जिल्ला बिरगजं ३० लालपर्सा बस्ने ३० वर्षीय पासवान सामान्य घाइते भएका थिए । साथै सहचालक पर्सा बिश्रामपुर बस्ने १८ वर्षीय महत्तोलाई क्रेनले च्यापिएकोमा उद्धार गरी दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा सहचालक महतोको उपचारको डक्टरले मृत घोषणा गरेका थिए ।

घाइते चालक पासवानको हेटौंडा अस्पताल उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once