Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौतीः मन्त्री महतो

spot_img

काठमाडौँ,,०३ कार्तिक । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । उनले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्याहरु सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्नसके पर्यटक स्थलको विकास गर्न सकिन्छ । पर्यटकहरु बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरु जुन हाम्रा सम्पती हुन् ती हेर्न पर्यटकहरु आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ । आउने दिनमा हामीसँग एउटा ठूलो चुनौति भनेको वन्यजन्तु र मानवबीचको द्वन्द्व हो ।

यसमा पनि सकेसम्म धेरै ठाउँबाट सहयोग गरेको छ, मन्त्रालयसँग मिलेर सहकार्य गरेको छ । अझै पूर्ण संरक्षण गर्न सकेका छैनौँ । जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ, अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन्, यसमा सबै मिलेर समाधान गर्नुपर्छ ।’

मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once