Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

बहुदरमाई नगरपालिकाले भुक्तानी नदिएपछि ठेकेदारले सोलारबत्ती खोलेर लगे

spot_img

वीरगंज,०१ कार्तिक । भुक्तानी नपााएपछि पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा जडान गरिएका सोलार बत्तीहरु ठेकेदारले खोलेर लागेका छन् ।नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधवार दिउँसो बहुदरमाई नगरपालिका वडा नम्बर ४ स्थित मुख्य सडकमा जडान गरिएका सोलार बत्ती, ब्याट्री, प्यानल लगायतका सामग्री ठेकेदारले खोलेर लागेका हुन् ।

पहिल्यैदेखि जडान गरिएका सोलार बत्तीहरू बिग्रिएपछि काठमाडौंििस्थत एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिका सञ्चालक सुशील अधिकारीले मर्मत गरेका थिए ।मर्मत गरे बापतको १३ लाख ५० हजार रुपैयाँ ६ महिना बित्दासमेत भुक्तानी नपाएपछि सडक छेउका पोलहरुमा जडान गरिएको सोलार बत्ती, ब्याट्री , प्यानल सबै खोलेर लगेको अधिकारीले बताए ।

उनका अनुसार, ६ महिना पहिले बहुदरमाई नगरपालिकाकै मेयर सिंहासन साह तेलीको मौखिक आदेशमा एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिले बिग्रएका सोलार बत्तीहरू मर्मत गरेको थियो ।

अधिकारीले भने,‘ कागजी प्रक्रियापछि गर्दै गरौँला, जनताको दबाब छ तपाईँ अहिल्यै काम सुरु गर्नुस् भनेर मेयरबको मौखिक आदेशमा मैले साढे १३ लाख रुपैयाँ खर्च गरेर १० दिन भित्र सबै बत्तीहरू बनाइदिएको थिए। तर अहिले ६ महिना बितिसक्यो भुक्तानी नै पाइएन अनि बाध्य भएर आजदेखि सामानहरू खोलेर लगेको हुँ ।’

अधिकारीका अनुसार, उनले नगरपालिकाको विभिन्न वडामा गरी ६८ वटा सोलार बत्तीको कन्ट्रोलर परिवर्तन गरेका थिए भने ४८ वटा ब्याट्री फेरेका थिए । त्यस्तै २५ वटा नयाँ बत्ती जडान गर्नुका साथथै ६ वटा प्यानलपनि फेरेको अधिकाारीले बतााए ।
अधिकारीले भने,‘ १५ लाख जती खर्च लाग्नेभएपनि मैले साढे १३ लाखमै काम सकाए । भुक्तानीको लागि ६ महिना धाएप्छि अहिले आएर मेयर र प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी दिन मिल्दैन, बरु तपाईँ आफ्नो सामान खोलेर लाग्नुस् भनेपछि खोलेर लगेको हुँ ।’
नगरपालिकाले समयमा भुक्तानी नदिँदा आफूलाई पाँच लाख रुपैयाँ घाटा लागेको दुखेसोपनि उनले सुनाए । उनले भने ‘वास्तवमा भन्नुपर्दा गल्ती मेरै हो जस्तो लाग्दैछ अहिले ।किनकि मौखिक आदेशको भरमा मैले पनि काम नगर्नुपर्ने थियो । तर मेयर जस्तो मान्छेले भनेपछि भुक्तानी पाइएला नि भन्ने मेरो सोच अहिले गलत साबित भएछ, घाटा बेहोर्नु प¥यो । ’

सुरुमा मेयर तेलीले संघीय सरकारले बजेट कटौती गरेको भन्दै अर्को आर्थिक वर्षमा भुक्तानी हुन्छ भनेर आश्वासन समेत दिएको अधिकारीले बताए । ‘म उहाँको भनाई अनुसार अर्को आर्थिक वर्षको लागि कुरेर बसेँ । अहिले नगर परिषद् सकेर खाता समेत सञ्चालनमा आएपछि कार्यादेश बिना काम किन ग¥यौँ, भुक्तानी गर्न मिल्दैन भनेर कुरा फेर्न थालेका छन्,’ उनले थपे ।

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले भने कार्यादेश बिना नै काम गरेको कारण भुक्तानी दिन नमिलेको बताए । प्रकृया नै पूरा नगरी भएको कामको भुक्तानी गर्न नमिल्ने बताउँदै उनले भने, ‘कसैको मौखिक आदेशमा काम गर्न मिल्दैन । सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा नभएको कुनै कामको भुक्तानी गर्ने मेरो अधिकार छैन ।’

अधिकृत मुस्तफाले तीन वर्ष अगाडि उपभोक्ता समिति मार्फत ९९ लाख ४२ हजार ९ सय ३० रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरिएको जानकारी दिए । ‘बत्ती जडान गर्दा उपभोक्ताको कन्सल्टेन्ट यिनै सुशील अधिकारी थिए । पाँच वर्षसम्म वारेन्टी भएको बत्ती बिग्रेपछि बनाउँदा खर्च दिने कुरै भएन । त्यो बनाउने जिम्मा उहाँको हो, पैसा माग्ने अधिकार नै छैन,’ उनले थपे । बत्ती खोलेर लैजाने अधिकारीविरुद्ध नगरपालिका कानुनी प्रक्रियामा जाने तयारी गरिरहेको मुस्तफाले बताए ।साभारः मधेश खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once