Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

असोज २२ देखि दसैंको अग्रिम टिकट बुकिङ खुला

spot_img

काठमाडौँ,१९ असाेज । दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ ।

यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन् ।

बस सेवा डटकमका सिईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए । छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरूका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको भनाइ छ ।

घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once