Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

नेपालगञ्जमा कर्फ्यूबीच पनि ठाउँठाउँमा झडप, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

spot_img

काठमाडौं। बाँकेको नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएपटि साम्प्रदायिक हिंसा भड्किन नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ । कर्फ्यूका बीच पनि दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको जानकारी दिए ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा गल्ली-गल्लीमा प्रहरी परिचालित छन् ।

दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको प्रजिअ आचार्यले बताए ।

तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि नेपालगञ्जमा दुई समुदायबीच तनाव बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once