Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

शेयर बजारमा सामान्य अंकको सुधार, एक अर्ब ७३ करोडको कारोबार

spot_img

काठमाडौं,१५ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.१९ अंकले बढेर एक हजार ९ सय ७६ दशमलब २९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्रि हाइड्रोपावर लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज पिुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once