Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

spot_img

रूपन्देही,१५ असाेज । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रुपैयाँसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाका सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक किशोर श्रेष्ठ नेतृत्वको टोलीले आइतबार राति नेपालमा प्रतिबन्धित १० लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउने क्रममा बिओपी चेक पोस्ट अगाडिबाट चेकजाँच गर्ने क्रममा उनीहरुमध्ये एकजनाको साथबाट ९ लाख र दुई जनाको साथबाट ५०÷५० हजार भारतीय रुपैयाँ बरामद गरिएको हो ।

बरामद सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once