Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ : माओवादी केन्द्र

spot_img

काठमाडौं,१४ असाेज । नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन्।

उनले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउँदै उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे।

‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ। तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ। सम्भावना पनि छ यसमा। अहिले चुनौती भन्दा बढी सम्भावना छ,’ उनले भने, ‘यस्तै बेलामा ढोकाहरु खुल्छन्। भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्यो भन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ।’

उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे। उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए।

‘हामीले एउटा आँधीबेहरी श्रृष्टि गरेका छौँ। त्यसले राजतन्त्रको अन्त्य गरेको छ, जनताको जीवनमा परिवर्तन भएन। त्यसको लागि प्रधानमन्त्रीले पहल गर्नुभएको छ। युवाहरूलाई कसरी देशमै फैलाउने भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ। माओवादीको परीक्षामा हामी एक पछि अर्को पास हुँदै गएका छौँ,’ उनले भने, ‘अहिलेसम्म आइपुग्दा यसको आकर्षण बढेको छ। यो जनस्तरसम्म पुग्दै छ। यसको आकर्षणको कुरामा धेरै अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिहेका छन्, यो आकर्षण हो।’

पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once