Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

वसन्तपुरमा इन्द्रजात्रा हेर्न पैदल हिँडेरै गए भीभीआईपी

spot_img

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वको चहलपहल सुरु भएको छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुको बसन्तपुरमा चहलपहल सुरु भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्तिहनुमानढोका पुगिसकेका छन्।

उनीहरु न्युरोडबाटै हिँडेर आएका हुन् । यसअघि भीभीआईपीहरुको सवारी हनुमानढोकासम्म पुग्ने गरेको थियो । तर यसपटक काठमाडौं महानगरपालिकाले गत असार देखिनै सम्पदा क्षेत्रमा सवारी साधन लैजान रोक लगाएपछि उनीहरु हिँडेरै पुगेका हुन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन गराउनेछन् ।
हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्नेछन् । उनी केहीबेरअघि न्युरोडको जुद्दशमशेरको शालिकबाट हिँडेर आएका हुन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once