Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : माधव नेपाल

spot_img

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएका छन् । पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरुले संसदबाट पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’

उनले आफूहरु अहिले सत्ता गठबन्धन र समाजवादी मोर्चामा भएपनि आफ्नो हिसाबले चलिरहेको बताए ।

उनले भने, ‘हामी गठबन्धन र समाजवादी मोर्चामा पनि छौं । सरकारको काम आफ्नो हिसाबले चलिरहेको छ । मोर्चा पनि आफ्नो ढंगबाट अगाडि बढाइरहेका छौं ।’ मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रमअनुसार अगाडि बढाउने बताए ।

उनले भने, ‘समाजवादीको सचिवालय बैठक भोलि बस्दैछ । त्यहाँ सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सन्देश सभाको विषयमा पनि छलफल हुन्छ । प्रधानमन्त्री आइसकेपछि त्यहाँ हामीले कार्यक्रम राख्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once