Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
19.1 C
Kathmandu

पोखरामा ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर निलम्बित

spot_img

काठमाडौं,१० असाेज । पोखरामा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भनेर खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा उनले भिडमा पुगेर अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर’ आएको बताएका थिए ।
आफ्नो कुटाइबाट डाक्टर रगताम्मे भएको भनि श्रेष्ठले दिएको विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यहीकारण उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको हो । यसैगरी
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once