Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

अनिल महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार

spot_img

काठमाडौँ,०९ असाेज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन् । लोसपाले सोमबार सार्वजनिक गरेको पदाधिकारीसहित केन्द्रीय समितिको सूचीमा अनिल महासेठलाई महासचिवमा चयन गरिएको थियो । तर महासेठले आफू सो पदका लागि इच्छुक नभएको बताएका हुन् ।

उनले पार्टीमा अन्य जिम्मेवार नेताहरूको अवमूल्यन भएको र उनीहरूले उचित स्थान नपाएको बताएका छन् । उनले आफू महासचिव पदका अपेक्षा नगरेको भन्दै अहिलेको परिस्थितिमा महासचिव पदबाट नाम हटाएर अन्य जिम्मेवार व्यक्तिलाई सो पद दिन पनि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् । ३११ सदस्यीय केन्द्रीय समितिमा ६४ जना पदाधिकारी छन् जसमा १६ जना महासचिव रहेका छन् ।

तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ जना उपाध्यक्ष, सहमहासचिव आठ जना, सचिव ११ जना प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना तथा कोषाध्यक्ष दुई जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once