Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

६ वर्ष बितिसक्दा पनि संघीयता पुर्ण रुपमा कार्यान्वयनमा आएन् : मुख्यमन्त्री यादव

spot_img

जनकपुरधाम, असोज ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार गठन भएको ६ वर्ष बितिसक्दा पनि संघीयता पुर्ण रुपमा कार्यान्वयनमा नआएको बताएका छन् ।

सोमबार महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलमा आयोजित राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन समारोहमा बोल्दै मुख्यमन्त्री यादवले संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश भएको बताएका छन् ।

उनले संघीयता कार्यान्वयन नहुँदा जनताले चाहेको कुरा पूरा गर्न नसकिरहेको बताए।

उनले भने, ‘त्यस्तो पनि सरकार हुन्छ जसको आफ्नो प्रहरी प्रशासन हुँदैन । प्रदेशमा के घटना हुन्छ हामीलाई थाहा हुँदैन ।’

मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको ८ महिन नबित्दै ३ जना मुख्यसचिवको सरुवा भै सकेको बताए । उनले प्रदेश सरकार सफल नभए संघीयता सफल हुन नसक्ने भन्दै भने, ‘संघ सरकारले मधेश सरकारसँग भेदभाव गरेकै हो । सबैभन्दा बढी जनसंख्या यस प्रदेशमा भएपनि बजेट सबै भन्दा कम यहाँ नै छ । सबै दलको नेतृत्वमा सरकार बनी सक्यो तर संघीयता कार्यान्वयन भएन ।’

मुख्यमन्त्री यादवले निजामती एन र प्रहरी समायोज गरिए संघियता मजबुत हुने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once