Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

spot_img

काठमाडौं,८ असाेज । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकोले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो।

बुवाको स्थायी ठेगाना मनहरि–४, मकवानपुरको वडा कार्यालयमा जन्मदर्ता गराउन खोज्दा पनि नगरिदिएको उनले निवेदनमा उल्लेख गरेकी थिइन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।

आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ।

छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना कायम गर्न सर्वोच्चले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once