Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजकनाे आर्दशनगरमा आगलागीले दुईवटा मोटरसाईकल नष्ट

spot_img

बीरगज,४ असार । बीरगन्जमा मोटरसाइकलमा अचानक आगो लागेको छ । बीरगन्जकाे आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक अगाडि २ वटा मोटरसाईकलमा अचानक आगो लागेको हो ।

नेपाल राष्ट्र बैंकतर्फबाट आएको मोटरसाईकल नेपाल इन्भेष्टमेन्ट मेघा बैंक अगाडि आईपुग्दा एक्कासी आगो लागेको र चालकले रोकेर आगो नियन्त्रण गर्न खोज्दा झन फैलिएपछि त्यहिँ रोकि राखिएको अर्को मोटरसाइकलमा पनि आगो लागेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रदेश ०२–०३–१ ८ प ८२१९ नम्बरको कालो रातो पल्सर र प्रदेश ०२–०३–००१ प ८९०४ नम्बरको रातो कालो पल्सर आगोले जलेर पूर्ण रुपमा क्षति भएको निरीक्षक बोगटीले बताए । ८२१९ नम्बरको मोटरसाईकल बीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने सत्य कुमार यादवको र अर्को ८९०४ नम्बरको मोटरसाईकल वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको प्रहरी निरीक्षक बोगटीले बताए ।

घटनाको अनुसन्धानका लागि घटना प्रकृति मुचुल्का तयारी गरिएको उनले बताए । उनका अनुसार चर्को गर्मीले धेरै तातिएर शर्ट भई आगोलागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once