जगदुल्ला हाइड्रोपावरको सञ्चालकमा वरिष्ठ सीडीई रमेश सुवेदी मनोनीत

spot_img

सुर्खेत,०७ असोज । कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउनेसहित तीन महत्वपूर्ण निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिव डा. रिसाललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको रिक्त प्रदेश सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐनअनुसार एघारौँ तह वा सोसरहको पदमा पदस्थापन गर्ने प्रदेश सरकारमा निहित अधिकार मुख्यमन्त्री मंगलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

जगदुल्ला हाइड्रोपावरको सञ्चालकमा सुवेदी

मन्त्रिपरिषद् बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख वरिष्ठ सीडीई रमेश सुवेदीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । कर्णाली प्रदेश सरकारका तर्फबाट सुवेदीलाई उक्त कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको हो ।

यससँगै प्रदेश सरकारले प्रशासनिक जिम्मेवारी व्यवस्थापन, निजामती सेवाअन्तर्गतको पदस्थापनसम्बन्धी अधिकार प्रत्यायोजन तथा प्रदेश प्रशिक्षण प्रतिष्ठानको संगठन संरचना र दरबन्दी व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once