महाकाली नदीमा गाई तार्ने क्रममा ५० वर्षीय जित दमाई बेपत्ता

spot_img

धनगढी,२९ भदौ । कञ्चनपुरको महाकाली नदीमा गाई तार्ने क्रममा एक जना पुरुष बगेर बेपत्ता भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाई सोमबार बिहान महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान करिब साढे ९ बजेतिर वडा नम्बर ४ स्थित महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीमा बगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले गाई तार्ने क्रममा नदीमा बगेका दमाईको अवस्था हालसम्म अज्ञात रहेको जानकारी दिनुभयो ।

घटनालगत्तै दमाईको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीको टोलीले महाकाली नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव तथा भौगोलिक अवस्थाका कारण खोजी कार्यमा चुनौती देखिएको भए पनि बेपत्ता दमाईको अवस्था पत्ता लगाउन सुरक्षाकर्मीले निरन्तर प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once