Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
25.1 C
Kathmandu

पर्यटन दिवसको अवसरमा नेपाली भूमी प्रवेश गर्ने साधु सन्तलाई भब्य स्वागत

spot_img

वीरगंज (पर्सा), ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा वीरगंज नाकामा भारतबाट आएका धार्मिक पर्यटकहरुलाई विशेष सम्मान गरिएको छ । वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरूले नेपालका प्रमुख धार्मिक स्थल जनकपुरको जानकी मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकहरुलाई सिमानाका मै फूलमाला र टीकासहित स्वागत गरेका हुन् ।

पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तका अनुसार धार्मिक पर्यटनलाई प्रोत्साहन गर्न यस किसिमको स्वागत कार्यक्रम गरिएको हो । धार्मिक पर्यटनमा ठूलो सम्भावना भएपनि राज्यको बेवास्ताका कारण नेपालका धार्मिक स्थलहरूको विकास र प्रवर्द्धनमा खासै प्रगति नभएको गुनासो पन्तले व्यक्त गरे । “धार्मिक स्थलहरूको महत्त्वपूर्ण भूमिका छ, तर राज्यको उदासीनताका कारण यी स्थलहरू ओझेलमा परेका छन्,” उनले भने ।

“धार्मिक पर्यटकहरूलाई नेपालमा स्वागत गर्दै हामीले धार्मिक पर्यटन प्रवर्द्धनको सन्देश दिन खोजेका छौँ । उनले पशुपतिनाथ, जनकपुर, गढिमाई, मुक्तिनाथजस्ता पवित्र स्थलहरूको प्रचारप्रसारमा राज्यले ध्यान पुर्‍याउनुपर्छ,” पन्तले भने । स्वागत कार्यक्रममा भारतीय पर्यटकहरुलाई शुभसाइतको रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुर यात्रा सफल होस् भन्ने कामनासहित विदाई गरिएको थियो । पन्तका अनुसार काठमाडौं र जनकपुरसम्मको सवारी भाडाको व्यवस्था समेत वीरगन्जका पर्यटन व्यवसायीहरुले गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, युवा अभियन्ता दिलीपराज कार्की, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधव बस्नेत, सचिव सन्दीप बस्नेत लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once