Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
24.1 C
Kathmandu

सञ्चार मन्त्री खरेलले पदबाट राजीनामा दिए

spot_img

काठमाडौं,०५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन्, जसको जानकारी प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ।

खरेलले राजीनामा दिने निर्णय आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीसँग सम्बन्धित रहेको बताइएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ निर्वाचन क्षेत्रमा उम्मेदवार हुने तयारीमा छन्। निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता खुल्ने भएकाले उनले समयमै आफ्नो पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो।

सञ्चारकर्मी पृष्ठभूमि भएका खरेल गत असोज ६ गते मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए। मन्त्री पदमा रहँदा उनले विभिन्न सञ्चार सुधार र डिजिटल पहलका कार्यक्रमहरू अघि बढाएका थिए।

राजीनामासँगै राजनीतिक गतिविधिमा सक्रिय खरेल अब निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरी जनता समक्ष आफू प्रस्तुत गर्न लागेका छन्। राजनीतिक विश्लेषकहरूले उनको राजीनामालाई चुनावी तयारीको रणनीतिक कदमका रूपमा मूल्याङ्कन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once