Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
24.1 C
Kathmandu

कांग्रेस विशेष महाधिवेशन विवादको विषय नै थिएन: सभापति थापा

spot_img

काठमाडौं,०३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेकाले हालै सम्पन्न विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार नै अघि बढेको र निर्वाचन आयोगले सोही आधारमा निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन्।

सभापति थापाले विशेष महाधिवेशन पूर्णतः वैधानिक, पारदर्शी र विधिसम्मत रहेको स्पष्ट गर्दै पार्टीभित्र असमञ्जस फैलाउने प्रयत्न आवश्यक नभएको बताए।

विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको इच्छाले होइन, आम सदस्यको चाहनाले चल्ने पार्टी भएको उल्लेख छ।
थापाले विशेष महाधिवेशनमार्फत कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको बताएका छन्।

उनले भनेका छन्, ‘पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ र बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्ना मूल्य–मान्यता र आदर्शमा फर्किएको छ।’

पार्टीभित्र गुट–उपगुट अन्त्य भइसकेको दाबी गर्दै आगामी दिनमा गुटगत भागबण्डाको राजनीति समाप्त हुने उल्लेख विज्ञप्तिमा गरिएको छ। साथै, सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध भएर अघि बढ्न सभापति थापाले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once