Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
21.1 C
Kathmandu

अब सातै प्रदेशबाट चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन

spot_img

काठमाडौं,०२ माघ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सात वटै प्रदेशबाट गर्ने भएको छ।

काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौं आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सात वटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए। यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौं आउनुपर्दथ्यो।

रजिष्ट्रार डा देवले सात वटै प्रदेशमा कहाँ-कहाँ परीक्षा केन्द्र राख्ने अझै निर्णय नभएको बताए। उनले सात वटै प्रदेशबाट परीक्षाको व्यवस्था गरे परीक्षार्थीलाई यात्रा र समयको बचत हुने मात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्ने बताए।

काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइनमार्फत गर्ने निर्णय गरेको छ। उनले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताए।

“चिकित्सक जहाँ हुनुहुन्छ त्यहीँबाट नै अनलाइन मतदान गर्नुहुन्छ,” उनले भने, “सधैँ बिरामीको उपचारमा खट्ने चिकित्सकलाई अनलाइन मतदान गर्दा निर्वाचनमा पनि धेरै चिकित्सकले सहभागिता जनाउनुहुनेछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once