Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
21.1 C
Kathmandu

नेपाली कांग्रेस विशेष महाधिवेशन: देउवा नेतृत्व जारी, निर्वाचन प्रक्रिया अघि बढ्यो

spot_img

काठमाडौं,३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएको वार्ता असफल भएपछि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएको पुष्टि भएको छ। यसबाट पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फतै हुने निश्चित भएको छ।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले भने, “संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी प्राप्त भए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम यथावत् अगाडि बढाइएको छ। सहमति नजुटे हाम्रो तालिका अनुसार प्रक्रिया अघि बढ्नेछ।”

पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन हुने स्पष्ट पारे। उनका अनुसार संस्थापन पक्षले विशेष महाधिवेशनको अपनत्व देखाए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नभएको अवस्था स्वीकार्य छैन।

पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छोडेर आफ्नो बाँकी जीवन पार्टी र व्यक्तिगत लेखन कार्यमा समर्पित गर्नु पर्ने धारणा व्यक्त गरे।

यसैबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारी संरचनाको खाका तयार गरिरहेको पनि जनाइएको छ।

बुधबार बिहान पनि वार्ताको ढोका खुला राखिने भए पनि निर्वाचन प्रक्रिया नयाँ तालिकाअनुसार अघि बढ्नेछ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताको समय बिहान ८ः१५–९ः१५ बजेसम्म थप गरिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

यसअघि मंगलबार दिउँसो १ बजे बसेको बैठकमा छलफलको क्रम जारी रहेको कारण बैठक बुधबार बिहानका लागि तय गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once