Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
17.1 C
Kathmandu

हेटौंडा ट्राफिक प्रहरीमाथि कार ठक्कर, जवान साह गम्भीर घाइते; चालक फरार

spot_img

हेटौंडा,१८ पुस । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन्।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले प्रहरीको चेकिङ छलेर भाग्दा प्रहरी जवान विजयप्रताप साहलाई ठक्कर दिएको हो। साह बारा जिल्ला घर भएका र जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत छन्।

घटनास्थलबाट हेटौंडा अस्पताल पुर्‍याइएका साहको टाउकोमा १८ टाँका लगाइएको छ भने घुँडा र मुखमा सामान्य चोट छ। चिकित्सकहरूले उनको अवस्था स्थिर रहेको जनाएका छन्।

घटना बिहीबार साँझ करिब ७:४५ बजे भएको हो। यसअघि हेटौंडा उपमहानगरपालिका–३ लेवटमा पनि एक सवारीसाधनले पैदलयात्री प्रकाश दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।

सोही साँझ प्रहरी टोलीले विशेष चेकिङ गर्दै गर्दा चितवनबाट हेटौंडा तर्फ हिँडिरहेको कार रोक्न खोज्दा चालकले मापसे जाँचका लागि मेसिन तर्फ हात बढाइरहेको साहको हात च्याप्दै कार लिएर भागेका थिए। साह करिब पाँच मिटर घिसारिएका थिए।

घटनापछि फरार भएका चालकलाई प्रहरीले शुक्रबार चितवनबाट नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निःमित्त प्रमुख प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलका अनुसार चालकले कारको सिसा लक गर्दै भागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once