Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

संगठनको आडमा मिर्मिरे लघुवित्त कर्मचारीहरुको गुण्डागर्दी, ‘नेरुडे मिर्मिरे’ लघुवित्तमा भाँडभैलो !

spot_img

वीरगंज (पर्सा), १७ भदौ । मिर्मिरे लघुवित्त कर्मचारी संगठनको कारण नेरुडे मिर्मिरे लघुवित्त वित्तीय सँस्था लिमिटेडमा भाँडभैलो मच्चिएको छ । साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभी (मर्जर) भई २०८०/११/३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामवाट एकीकृत कारोवार शुरु भएको ३ महिना नवित्दै तत्कालीन मिर्मिरे लघुवित्तका कर्मचारी एवं युनियनको कारण सँस्थामा भाँडभैलो मच्चिएको हो ।

एकिकृत कारोबार शुरु भएको ५ महिना नबित्दै साबिक मिर्मिरे लघुवित्त वित्तीय सँस्थाका कर्मचारीहरु मिर्मिरे लघुवित्त कर्मचारी संगठनको आडमा बाह्य तत्वलाई प्रयोग गरि सिंगै नेरुडे मिर्मिरे लघुवित्त सँस्थामा भाँडभैलो मच्चाएको कारण सँस्थाको कामकाज प्रभावित हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् । सँस्थामा अहिले तत्कालीन मिर्मिरे लघुवित्तका कर्मचारीहरुले गुण्डाशैलीमा आक्रामक रुपमा प्रस्तुत भई सँस्थाको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्ने, कलष्टर कार्यालयहरुमा विरोध कार्यक्रम गर्ने जस्ता कार्यले गर्दा सँस्थाको कामकाज पूणर् रुपमा प्रभावित बनेको हो ।

मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाह र महासचिव महम्मद मकसुद अन्सारीको फोहोरी राजनीतिले गर्दा सिंगो सँस्था नै बद्नाम हुन पुगेको छ । विभिन्न बहाना बनाई मिर्मिरे लघुवित्त पट्टिका कर्मचारीहरुलाई उक्साई अनावश्यक बखेडा खडा गरि आन्दोलनका नाममा बाह्य तत्वलाई प्रयोग गरि सँस्थामा भाँडभैलो मच्चाएको बताइएको छ । मिर्मिरे लघुवित्त पट्टिका कर्मचारीहरुको गुण्डागर्दी र आक्रामक शैलीले सिमा नाघी सकेको छ । आन्दोलनको नाममा सँस्थाको केन्द्रिय कार्यालय बनेपाका एच.आर. (प्रशासन विभाग) प्रमुखलाई गालीगलौंज तथा हातपात गरेका छन् । एच.आर. प्रमुख तत्कालीन नेरुडे लघुवित्त पट्टिका कर्मचारी हुन् ।

दुईवटा लघुवित्त एक आपसमा गाभिएर कारोबार शुरु गरेतापनि नेरुडे र मिर्मिरे लघुवित्तका कर्मचारीहरु दुई भागमा बाँडिएका छन् । मिर्मिरेका कर्मचारीहरुको दादागिरी, गुण्डागर्दी बढ्दै गएपछि नेरुडेका कर्मचारीहरु पनि एकत्रित भएर विरोधको सामना गर्ने चेतावनी समेत दिएका छन् । मिर्मिरेका कर्मचारीहरु आफ्नो नचाहिँदो मागहरु राखेर प्रदेश कार्यालय बर्दिबास, बुटवल, लहान सहित कलष्टर कार्यालयहरुमा तालाबन्दी गर्नुका साथै उग्र रुपमा प्रस्तुत भइरहेका छन् । तालाबन्दीको नाममा नेरुडे तर्फका कर्मचारीहरुमाथि गालीगलौज तथा हातपात जस्ता कामहरु गरि रहेका छन् जसको प्रतिकारको लागि नेरुडेका कर्मचारीहरु पटक पटक चेतावनी समेत दिइ रहेका छन् तर मिर्मिरेका कर्मचारीहरुको गुण्डागर्दी शैली रोकिएको छैन ।

यस घटनाबाट नेरुडे लघुवित्त तर्फका कर्मचारी संगठन ‘बैंक तथा वित्तिय क्षेत्र कर्मचारी संगठन नेरुडे’ ले पटक पटक केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण समेत गराई सकेको छ तर हालसम्म मिर्मिरेका कर्मचारीहरुको कुनै किसिमको कारवाही हुन सकेको छैन । आइतबार मिर्मिरेका कर्मचारीहरुले नेरुडे पट्टिका कर्मचारी एच.आर. प्रमुखलाई गालीगलौज सहित हातपात गरेको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले घोर भत्सर्ना गर्नुको साथै कर्मचारीमाथि हातपात, गालीगलौज गर्नेलाई बर्खास्तको माग गरेको छ ।

संगठनका अध्यक्ष रामप्रसाद ढुँगानाद्वारा हस्ताक्षर गरि सोमबार विज्ञप्ति जारी गर्दै संगठनले मिर्मिरे पट्टिका केही कर्मचारीहरुले आफ्नो स्वार्थ पुरा गर्नको निम्ति बाह्य तत्वको प्रभावमा परि अपशब्द प्रयोग गर्नुको साथै धम्कीपूर्ण भाषामा हुलहुज्जत सहित नेरुडे पट्टिका कर्मचारीमाथि गालीगलौज तथा हातपात गरेको कार्यप्रति घोर घत्सर्ना गरेको छ । आफ्नो लक्ष्यमा केन्द्रित भई कार्य गरि रहेका कर्मचारीहरुलाई दिगभ्रमित पारी सँस्थामा बाधा पुग्ने कार्य गराई रहेकोले त्यस्ता उत्श्रृङ्खल कर्मचारीलाई कर्मचारी सेवा नियमावलीको विनिमय ८३ को उपनियम (१) को खण्ड (ङ) को बुंदा नं. ७ र ८ को आधार बमोजिम बर्खास्ती तथा अनुशासनको कारवाहीको माग गरेको छ ।

कारवाही प्रक्रिया अगाडि नबढाए र मिर्मिरे पट्टिका कर्मचारीहरुको उत्श्रृङ्खल कार्य बढ्दै गए नेरुडे पट्टिका ६ सय जना कर्मचारीहरु पनि प्रतिकारमा उत्रिदै पेशागत भविष्य सुनिश्चितता गर्न सँस्थालाई डिमर्जर तथा केन्द्रिय कार्यालय बिराटनगर सार्न आह्वान सहित आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । मिर्मिरे पट्टिका कर्मचारी युनियनका अध्यक्ष कटक बहादुर शाह र महासचिव महम्मद मकसुद अन्सारी आफै सँस्थाको ऐन विपरित कार्यरत छन् ।

हाल कार्यान्वयनमा रहेको ‘कर्मचारी सेवा विनियमावली, २०६३ दशौ संशोधन सहित परिच्छेद आचरण र अनुशासन सम्बन्धी व्यवस्थाको (विनियमः ८१) प्रदर्शन र हडताल गर्नमा प्रतिवन्ध अन्तर्गत अधिकृत स्तरका कर्मचारी तथा कार्यालय प्रमुख भई कार्य गर्ने कर्मचारी संगठनमा भाग लिन पाउने छैन’ भनि प्रष्ट रुपमा ऐनमै उल्लेख रहेकोमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाह सँस्थाको ऐन, विधान विपरित नुवाकोट जिल्लाको कल्याणपुर स्थित त्रिशुला शाखामा प्रमुखको रुपमा कार्यरत छन् भने महासचिव महम्मद मकसुद अन्सारी पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २१ स्थित लिपनीवीर्ता शाखामा निमित्त प्रमुखको रुपमा कार्यरत छन् ।

युनियनमा आबद्ध भई कार्यालय प्रमुखको रुपमा कार्यरत दुबै कर्मचारीहरुको राजनीतिप्रति नेरुडे मिर्मिरे लघुवित्त वित्तीय सँस्था लिमिटेडको गम्भिर ध्यानाकर्षण भएको छ । सँस्थाले भदौ १४ गते पत्र लेख्दै हाल नेपाल राष्ट्र बैंकबाट स्थलगत सुपरिवेक्षण लगायतका कार्यहरु भइरहेकोले तत्काल बार्ता गर्न उपयुक्त समय नहुँदा सुपरिवेक्षण सम्पन्न भएपश्चात वार्ता हुने मिति तय गरिने जानकारी गराउँदै विरोधका कार्यक्रमहरु स्थगित गर्न अनुरोध समेत गरेको थियो । तर सँस्थाको पत्रलाई धज्जी उडाउँदै मिर्मिरे पट्टिका कर्मचारी एवं युनियनले भदौ १२ गतेदेखि स्थगित गरिएको कार्यक्रमहरु भदौ १४ गतेदेखि पुनः सुचारु गर्दै कलष्टर कार्यालयहरुमा तालाबन्दी तथा भदौ १६ गते केन्द्रिय कार्यालय घेराउ गरेका थिए ।

सँस्था घेराउको क्रममा कर्मचारीलाई गालीगलौज तथा हातपात समेत गरेको कार्यप्रति नेरुडे मिर्मिरे लघुवित्त वित्तीय सँस्था लिमिटेडले घोर भत्सर्ना गर्दै ऐन, विधान विपरित कार्यरत मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाह र महासचिव महम्मद मकसुद अन्सारीको सेवा विनियमावलीको उल्लेखित व्यवस्था प्रतिकूल भएकोले वैधानिक मान्न अप्ठ्यारो भएको अवस्थामा आफ्नो वैधताबारे चित्तबुझ्दो सबुत प्रमाण, व्यवहोरा पेश गर्न निर्देशन समेत दिएको छ ।

यो भन्दा नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु भएसँगै नेरुडेका कर्मचारीहरुले ग्रेड वृद्धिको माग गर्दै ९ दिने आन्दोलन गर्दा ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो । त्यस बखत मिर्मिरे पट्टिका कर्मचारी बीर्ख बहादुर बोहरा केन्द्रिय कार्यालयमा एच.आर. प्रमुख हुँदा नेरुडेका कर्मचारीहरु आन्दोलन गरेर कामकाज प्रभावित बनाएको भन्दै ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो तर हाल नेरुडेको कर्मचारी एच.आर. प्रमुख हुँदा मिर्मिरेको कर्मचारीहरुले गालीगलौज सहित हातपात नै गरेका छन् ।

ग्रेडको माग गर्दै २०८१ वैशाख ३ देखि १२ गतेसम्म ९ दिन नेरुडेका कर्मचारीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गरेका थिए । त्यस बखत शाखा प्रमुख, कलष्टर प्रमुखहरु आन्दोलनको समर्थन नगर्दापनि कारवाहीमा परेका थिए तर अहिले कलष्टर प्रमुखदेखि शाखा प्रमुखहरु आन्दोलनको नेतृत्वकर्ताको रुपमा रहेको अवस्थामा उनीहरुमाथि कारवाही हुन सकेको छैन । यसैबाट कर्मचारी युनियनको आडमा मिर्मिरेपट्टिका कर्मचारीहरुको गुण्डागर्दीको सिमा नाघेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once