Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको प्रचण्डको आरोप

spot_img

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् ।

करिव दुई महिनाको सरकारको प्रदर्शनले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालले बताउनुभयो । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको आरोप समेत लगाए । जनताभन्दा स्वार्थ समूहको र अझै माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले खबरदारीका लागि आज बोल्नु परेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणविरुद्ध सरकारले चालेको कदम तत्काल सच्याउनुपर्ने भन्दै दाहालले इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वलाई निशाना साँधेको आरोप पनि लगाए । भुटानी शरणार्थी प्रकरण छानविन गरिरहेका इमान्दार प्रहरी अधिकृतलाई दण्डित गरेको र गिरिबन्धु चिया बगान घोटालाको छानविन रोकिएको भन्दै उनले आपत्ति जनाए ।

त्रिभुवन विश्वविद्यालयमा योग्यता र क्षमताको आधार मिच्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागेको आरोप लगाउँदै दाहालले त्यसमा पनि तत्काल सच्चिन सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once