Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
18.1 C
Kathmandu

भारतीय विदेश सचिव विक्रम मिश्री २८ साउनमा नेपाल आउँदै

spot_img

काठमाडौं,२४ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री २ दिने नेपाल भ्रमणका लागि नेपाल आउँदैछन् । सचिव विक्रम मिश्री ११ अगस्ट(२८ साउन)मा नेपाल आउन लागेका हुन् । विशेष विमानबाट नेपाल आउन लागेका मिश्री नेपाल ओर्लनेबित्तिकै प्रधानमन्त्रीलाई भेट्न जाने कार्यक्रम रहेको उच्च स्रोतले बताएको छ ।

सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् । सचिव मिश्रिले ११ अगस्ट मै काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

११ अगस्ट कै साँझ होटल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरुसँग भेटघाट गर्नेछन् । १२ अगस्टमा भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कर्यक्रम छ ।

१५ जुलाईमा सचिव नियुक्त भयका विक्रम मिश्रीकाे यो दोश्रो विदेश भ्रमण हाे । यस अगाडि उनले भुटानकाे भ्रमण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once